सैनामैनाको सालझन्डीमा पाहुना घर होटल एन्ड लज सञ्चालनमा

स्थानीय तथा बाह्य पर्यटक, यात्रु र पाहुनालाई सहज, आरामदायी र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको सञ्चालक लीलामणि घिमिरेले बताउनुभयो।

सालझन्डी क्षेत्रको बढ्दो पर्यटकीय तथा व्यावसायिक गतिविधिलाई लक्षित गर्दै सञ्चालनमा आएको पाहुना घर होटल एन्ड लजमा आरामदायी बसाइसँगै खानपान तथा आतिथ्य सेवासमेत उपलब्ध हुने जनाइएको छ।

होटल उद्घाटन गर्दै पूर्वमेयर चित्र कार्कीले स्थानीय क्षेत्रमा नयाँ व्यवसाय सञ्चालन हुनु सकारात्मक भएको बताउँदै होटलले गुणस्तरीय सेवा प्रदान गर्दै स्थानीय पर्यटन तथा आर्थिक गतिविधिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सञ्चालक घिमिरेले ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै स्वच्छ, पारिवारिक र भरपर्दो वातावरणमा सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सालझन्डीमा नयाँ होटल सञ्चालनमा आएसँगै स्थानीयवासीसँगै यस क्षेत्रमा आउने यात्रु तथा पर्यटकलाई समेत थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *