बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले घाइते तथा बिचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्न गृह मन्त्रालयला निर्देशन बताए। त्यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने पनि सरकारको निर्देशन दिएको छ। घरबास गुमाएका मानिसहरुलाई गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण र सम्बन्धित व्यवस्थापन समितिले मिलाउने भएको छ ।
घटनामा परी ज्यान गुमाउनेका परिवारलाई कानुन अनुसार क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ।
बाढीका कारण अवरुद्ध सडक र खानेपानीको व्यवस्था मन्त्रालयले मिलाउने तथा विद्युत् आपूर्ति सुचारु गर्न ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले मिलाउने सरकारले बताएको छ।