विपन्नलाई सेवा दिएका अस्पतालहरूलाई बीमा बोर्डले गर्‍यो २७ करोड भन्दा बढी रकम सोधभर्ना

बोर्डका अनुसार विपन्न नागरिक औषधी उपचार मार्फत दिइदै आएको मिर्गौला फेल भएर डायलासिस सेवा लिइरहेका, मुटु रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, क्यान्सर आदिको उपचार बीमा मार्फत गरेवापत सेवा दिइरहेका ती अस्पतालहरूलाई  २७ करोड १४ लाख २२ हजार ११७ रुपैयाँ १८ पैसा रकम सोधभर्ना गरेको हो।

बोर्डको गत ५ भदौको निर्णय अनुसार सेवा प्रदायक अस्पतालबाट उपलब कागजात एकीन गरी दावी स्वीकृत भएको रकम सम्बन्धित स्वास्थ्य संस्थाको बैंक खातामा भुक्तानी पठाएको बिमा बोर्डले जनाएको छ।

यसअघि यो काम स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाबाट हुँदै आएको थियो। पछिल्लोपटक कडा रोग लागेका विपन्न नागरिकको औषधी उपचार वापतको रकम सोधभर्ना गर्ने काम बोर्डले लिएको छ ।

आर्थिक तथा जनशक्ति अभावमा अस्तव्यस्त जस्तै बनेको स्वास्थ्य बीमा बोर्ड पछिल्लो समय चुस्त बन्दै गएको छ। अहिले बोर्डले स्वास्थ्य बीमातर्फको लामो समयदेखि बक्यौता रहेको रकम धमाधम सोधभर्ना गर्दै आएको छ।

बोर्डका अनुसार स्वास्थ्य संस्थालाई पनि फागुनसम्मको हिसाब क्लियर भइसकेको छ, बाँकी पाँच महिनाको रकम पनि छिटै सोधभर्ना हुने गरी काम अघि बढिरहेको छ।

२०७२ चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशव्यापी भईसकेको छ । तर वित्तिय सुनिश्चिता नहुँदा बिमा मार्फतको सेवा पछिल्लो समय कमजोर हुँदै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *