८ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफमा १९-१३ को जित निकालेको नेपाल दोस्रो हाफमा १५-१२ ले अघि रहँदै समग्रमा ३४-२५ ले विजयी भएको हो ।यसअघि थाइल्यान्डलाई हराएको नेपाल चाइनिज ताइपेइसँग पराजित भएको थियो । समूह ‘बी’ बाट नेपाल र चाइनीज ताइपेइ सेमिफाइनल प्रवेश गरेका हुन् ।
