PHP_INJECT_OK औषधिको आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन ‘रियल टाइम मनिटरिङ’ काे आवश्यक: सांसद कार्की – National Aawaaj

औषधिको आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन ‘रियल टाइम मनिटरिङ’ काे आवश्यक: सांसद कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले औषधिको आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन रियल टाइम अनुगमनसहितको प्रभावकारी प्रणाली विकास गर्नुपर्ने बताउनुभएकाे छ।

काठमाडाैंमा शनिबार नेपाल औषधि थोक व्यवसायी संघको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सांसद कार्कीले यस्ताे बताउनुभएकाे हाे।  उत्पादकदेखि बिरामीसम्म औषधि समयमै, गुणस्तरीय र सुलभ मूल्यमा पुग्ने गरी आपूर्ति प्रणाली विकास गर्नुपर्नेमा जाेड दिनुभयाे। उहाँले औषधिको आपूर्ति शृंखलामा उत्पादन, भण्डारण, बजारीकरण, कोल्ड चेन, नियमन र नियमित गुणस्तर परीक्षण लगायतका पक्षलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभएकाे छ। औषधि बिरामीको हातमा पुग्दासम्म गुणस्तर कायम छ कि छैन भन्ने विषयमा नियमित पुनःमूल्यांकन गर्नुपर्ने उहाँले बताउनुभयाे।

सांसद कार्कीले औषधि थोक व्यवसायीको भूमिका उत्पादकबाट खुद्रा बिक्रेतासम्म औषधि पुर्याउनेमा मात्र सीमित हुन नहुने बताउनुभएकाे छ। बजारमा कुन औषधिको माग बढी छ, कुन औषधिको अभाव छ र कहाँ कुन औषधि मौज्दातमा छ भन्ने जानकारी उत्पादक तथा राज्यका सम्बन्धित निकायसम्म पुर्याउने भूमिका पनि थोक व्यवसायीले निर्वाह गर्नुपर्ने समेत बताउनुभयाे।

सांसद कार्कीले एकातिर फार्मेसी तथा अस्पतालमा औषधि लामो समयसम्म मौज्दात रहने र म्याद सकिन लाग्ने अवस्था रहेको तथा अर्कोतर्फ आवश्यक औषधि नपाएर बिरामीले विभिन्न ठाउँमा भौँतारिनुपर्ने अवस्था रहेको बताउनुभएकाे छ। यस्तो समस्या समाधानका लागि औषधिको माग र मौज्दातबारे समन्वय गर्ने प्रभावकारी प्रणाली आवश्यक रहेको बताउनुभयाे।

सांसद कार्कीले औषधि आपूर्तिमा ‘डिमान्ड बेस्ड सप्लाई’ प्रणाली लागू गर्नुपर्नेमा जोड दिनुभएकाे छ। खुद्रा बिक्रेताले आवश्यकताभन्दा बढी औषधि लिनुपर्ने अवस्था हुँदा अनावश्यक मौज्दात बढ्ने र म्याद सकिने जोखिम हुने बताउनुभयाे।  मागका आधारमा आपूर्ति गर्नुपर्ने उहाँकाे भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Toggle Dark Mode