PHP_INJECT_OK विवाह गर्नै लाग्दा छुटेको थियो अक्षय-शिल्पाको प्रेम – National Aawaaj

विवाह गर्नै लाग्दा छुटेको थियो अक्षय-शिल्पाको प्रेम

कुनै समय अक्षय कुमार र शिल्पा शेट्टी बलिउडका सबैभन्दा चर्चित र प्रिय जोडी मानिन्थे । अनस्क्रिन होस् या अफस्क्रिन, उनीहरूको केमिस्ट्रीले सधैं चर्चा पाउँथ्यो । उनीहरू चाँडै विवाह बन्धनमा बाँधिदैछन् भन्ने खबरले उतिबेला मिडिया र प्रशंसकहरूमाझ निकै चर्चा पाएको थियो । तर बीचैमा उनीहरूको ब्रेकअपको खबरले धेरैलाई स्तब्ध बनाइदियो ।

यी दुईले धड्कन, मै खिलाडी तु अनाडी, जानवर, इन्साफ जस्ता थुप्रै हिट फिल्महरूमा सँगै काम गरेका थिए । उनीहरूको अनस्क्रिन जोडीलाई दर्शकहरूले ‍निकै माया र साथ दिएका थिए ।

हालैको एक अन्तर्वार्तामा त्यसबेलाका कुराहरू सम्झँदै १९९९ को हिट फिल्म जानवरका निर्देशक सुनील दर्शनले यी दुईको सम्बन्धबारे केही कुरा खुलाएका छन् । उनका अनुसार फिल्मको सुटिङका क्रममा अक्षय र शिल्पा एकअर्काको निकै नजिक थिए । उनीहरू विवाहको तयारीमा समेत लागिसकेका थिए । उनले पनि विवाह हुन्छ भनेर सोचेका थिए । तर अक्षय र शिल्पा चाँडै नै छुट्टिए।

अर्कोतिर अक्षयका लागि यो फिल्म एउटा टर्निक पोइन्ट जस्तो बनिदियो । सुनील दर्शनका अनुसार त्यसबेला अक्षय कुमार करिअरका लागि ठूलो सङ्घर्षमा थिए । त्यसअघिका फिल्महरू लगातार फ्लप भइरहँदा अक्षयले काम पनि भने जस्तो पाइरहेका थिएनन् ।

जानवर व्यापक हिट भयो । यसले अक्षयको करिअरलाई नयाँ दिशा दियो । दर्शनका अनुसार यही फिल्मबाट अक्षय कुमारको स्टारडमले पहिलो ठूलो फड्को मारेको हो । त्यसपछि अक्षयले काम पनि धमाधम पाउन थाले । अक्षयले करिअरमा कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।

तर, अक्षयको शिल्पासँग भने ब्रेकअप भयो । त्यसपछि छोटो समयमा नै अक्षयले ट्विन्कल खन्नासँग विवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Toggle Dark Mode