काठमाडाैं । शिक्षा तथा खेलकुद मन्त्रालयले ठूलो वर्षा हुने भएकाले पूर्वतयारी र शतर्कता अपनाउन आग्रह गरेकोे छ।मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि पालिकासँगको समन्वयमा बिहीबार र शुक्रबार आवश्यकता अनुसार विद्यालय बिदा गर्न र परीक्षा स्थगित गर्न आग्रह गरेको हाे।
अधिकांश ठाउँमा ठूलोदेखि अति ठूलो वर्षा, हिमपात, हावाहुरी र चट्याङ पर्ने उच्च सम्भावना रहेको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको छ । मन्त्रालयले बालबालिकालाई जोखिमयुक्त नदी, खोला, पोखरी तथा पहिरो जाने ठाउँमा जान नदिन र आवश्यक सतर्कता अपनाउन अभिभावकलाई सुझाव समेत दिएको हाे।
