काठमाडाैं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा २ दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरले सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बिहीबारदेखि नै दिवा सत्रका कक्षा बन्द गर्ने निर्णय गरेको हाे।
असोज ९ गते सामुदायिक तथा संस्थागत विद्यालयका बिहानी र दिवा दुवै सत्रका कक्षा बन्द रहने नगरप्रमुखस्तरीय निर्णय छ । विपद्को जोखिमलाई ध्यानमा राखी विद्यार्थीको सुरक्षाका निम्ति पठनपाठन स्थगन गर्न लागिएको उपमहानगरले जनाएको हाे।
उपमहानगरले अभिभावक तथा विद्यालय परिवारलाई बालबालिकालाई सुरक्षित राख्न, खोला किनार तथा जोखिमयुक्त क्षेत्रमा जान नदिन र उच्च शतर्कता अपनाउन आग्रह गरेको छ। नगरप्रमुख खेलराज पाण्डेयद्वारा जारी सूचनामा निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको हाे ।
