PHP_INJECT_OK मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध – National Aawaaj

मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ : जिल्लामा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोले विद्युत् र इन्टरनेट संरचनामा क्षति पुर्‍याएपछि शनिबार रातिदेखि यहाँ विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको हो।

वर्षाका कारण बाढीपहिरो र नदी कटानले पर्वतको डिमुखाबाट आउने ३३ केभिए विद्युत् प्रसारण लाइनको खम्बामा क्षति पुगेकाले उक्त प्रसारण लाइनसँग सम्पर्क टुटेको जोमसोमस्थित विद्युत् वितरक संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाका प्रमुख सनप्रसाद थकालीले जानकारी दिए। बाढीपहिरोले पर्वत र म्याग्दी खण्डमा विद्युत् संरचनामा क्षति पुगेकाले म्याग्दी दाना सवस्टेशनसमेत चार्ज हुन नसक्दा बन्द भएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Toggle Dark Mode