काठमाण्डौ – देशका धेरै ठाउँमा मौसममा सुधार आएको छ । गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो ।
पछिल्लो २४ घण्टामा छिटफुटबाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा अस्ति बेलुकीसम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो ।
पूर्वमा अस्ति बिहानदेखि र मध्य भेगमा त्यसैदिन दिउँसोदेखि नै झरी रोकिएको थियो । अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानी पर्न रोकिएसँगै बिहानबेलुका चिसो भएपनि दिउँसो गर्मी हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि तराईका सबैजसो भागमा गर्मी बढ्नेछ ।
आज हिमाली र पहाडी भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
