PHP_INJECT_OK सामाजिक सञ्जालमा ठगीविरुद्ध मेटाको कडा कदम – National Aawaaj

सामाजिक सञ्जालमा ठगीविरुद्ध मेटाको कडा कदम

काठमाण्डौ – सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठगी नियन्त्रण गर्न ठूलो कदम चालेको छ ।

सिंगापुर प्रहरीसँगको सहकार्यमा मेटाले गएको जनवरीदेखि अहिलेसम्म ठगी र जालसाजीमा संलग्न ३७ लाखभन्दा बढी अकाउन्ट, पेज र सामग्रीहरू हटाएको जनाएको छ । मेटाका अनुसार जुलाई महिनामा मात्रै ३६ लाखभन्दा बढी शेल पेजहरूमाथि कारबाही गरिएको थियो ।

यस्तै, जनवरीदेखि जुनसम्म एक लाख १३ हजारभन्दा बढी अकाउन्टहरू हटाइएका छन् । विशेष गरी बिदाको समयमा सस्तो यात्रा प्याकेजको प्रलोभन देखाएर ठगी गर्ने ३३ हजारभन्दा बढी नेटवर्कलाई जुन महिनामा ध्वस्त पारिएको कम्पनीले जनाएको छ ।

अहिले ठगी गर्ने समूहहरूले कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग गरी नक्कली प्रोफाइल, तस्बिर र भ्रामक कोडहरू बनाएर संगठित रूपमा मानिसहरूलाई फसाउने गरेका छन् । यसबाट बच्न सामाजिक सञ्जाल प्रयोगकर्ता स्वयं पनि सचेत हुन आवश्यक छ ।

अनलाइनमा देखिने अस्वाभाविक सस्ता अफर, आकर्षक प्रलोभन र अपरिचित लिङ्कहरूमा क्लिक नगर्न तथा शङ्कास्पद अकाउन्टबारे तुरुन्त रिपोर्ट गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Toggle Dark Mode